विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुल २१ वटा स्वर्ण पदकसहित अन्तर विद्यालय पौडी प्रतियोगितामा प्रथम भएको छ ।
शुक्रबार र शनिवार सम्पन्न प्रतियोगितामा विराटनगरकै दिल्ली पब्लिक स्कुल (डीपीएस) ६ स्वर्ण पदकसहित द्वितीय भएको छ भने सेन्टमेरिज स्कुल २ स्वर्ण ३ रजत र ७ काँस्य पदकसहित तेस्रो भएको छ ।
सुनसरी र मोरङका गरी करिब तीन दर्जन विद्यालयको सहभागिता रहेको अन्तर विद्यालय प्रतियोगितामा विभिन्न ३९ वटा विधामा स्पर्धा भएको थियो ।
विराट पौडी तालिम केन्द्रको आयोजनामा भएको प्रतियोगिताका विजेता खेलाडीहरुलाई प्याब्सनका सल्लाहकार टीकाराम पुरीले ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।
आयोजक संस्थाका अध्यक्ष इन्द्रजित राजभण्डारीले अन्य खेलजस्तै पौडीको पनि अन्तर्राष्ट्रिय स्तरमा उत्तिकै महत्व रहेको भन्दै विद्यार्थी खेलाडीहरुलाई प्रतिष्पर्धात्मक बनाई क्षमता विकास गराउन कार्यक्रम आयोजना गरिएको बताए ।
प्याब्सनका सल्लाहकार पुरीले पौडी खेलले खेल क्षेत्रको मात्र नभई स्वयम् खेलाडीको जीवनलाई पनि स्वस्थकर रहन महत्वपूर्ण भूमिका निर्वाह गर्ने चर्चा गरे ।
View : 298
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved