विराटनगर । आरोहण गुरुकुल विराटनगरले आगामी भदौ २२ गतेदेखि १० दिनसम्म महोत्सव गर्ने घोषणा गर्दै विद्यालयको सहभागिताका लागि आहृवान गरेको छ ।
महोत्सवमा सहभागी हुन विराटनगर र आसपासका विद्यालयले साउन ३२ गतेभित्रमा आवेदन दिन सक्नुपर्ने जनाइएको छ । आवेदन दिएकामध्ये नौवटा विद्यालय छनोट हुने र ती विद्यालयलाई गुरुकुलले नै निःशुल्क प्रशिक्षण र प्राविधिक सहयोग दिएर हाटखोलास्थित गुरुकुलका नाटकघरमा हुने महोत्सवमा नाटक मञ्चनको अवसर दिनेछ ।
पाठ्यक्रममा भएको वा शिक्षक तथा विद्यार्थीले लेखेको एक घण्टा अवधि हाराहारीको नाटक विद्यार्थीले नै अभिनय गरी मञ्चन गर्नुपर्ने आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए । नाटक महोत्सवमा सहभागी नौ विद्यालयमध्येबाट उत्कृष्ट नाटक, नाटककार, निर्देशक, अभिनेता र अभिनेत्रीलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
View : 189
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved