सुन्दरहरैंचा । किवानिस क्लव सुन्दरहरैंचाको अध्यक्षमा सामाजिक अभियन्ता पार्वती गच्छदार चयन भएकी छन् । किवानिस क्लब बालबालिका र पर्यटनको क्षेत्रमा काम गर्दै आएको संस्था हो ।
प्रदेशस्तरीय डिभिजिन १ ले आयोजना गरेको बैठकमा किवानिस क्लबका च्याटर प्रेसिडेन्ट शंकर बजगाईंले निर्वाचित अध्यक्ष गच्छदारलाई ‘ग्यावल’ हस्तान्तरण गरेका छन् । यस्तै उपाध्यक्षमा यादव पौडेल, हर्कराज राईलगायत २१ सदस्यीय समिति चयन भएको छ ।
नवनिर्वाचित अध्यक्ष गच्छदार महिला तथा बालबालिकाको क्षेत्रमा एक दशकदेखि काम गर्दै आएकी छन् ।
आफ्नो कार्यकालमा बालबालिकाको लागि क्यान्सर तथा आँखा सम्बन्धि स्वास्थ्य शिविर, २३ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई एक वर्षसम्म शैक्षिक सामग्री वितरण, बालबालिकाकालाई क्षमता अभिबृद्धि गर्न मनोविमर्श तालिम लगायतका योजना बनाएको गच्छदारले जानकारी दिइन् ।
View : 349
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved