विराटनगर । विराटनगरमा तीन धर्मावलम्बीहरूको बृहत उपस्थितिमा बृहत सनातन सम्मेलन सम्मेलन सम्पन्न भएको छ ।
बृहद् सनातन सम्मेलनका संयोजक डा. भेषप्रसाद धमलाको अध्यक्षतामा आयोजित सम्मेलनमा सनातन धर्मगुरु एवं जुना अखाडा भारतका आचार्य महामण्डलेश्वर समेत रहेका अवधेशानन्द गिरी, अन्तर्राष्ट्रिय बौद्ध महासंघ नेपाल च्याप्टरका अध्यक्ष फुपु छेम्बे शेर्पा ‘थुप्तेन जिग्दोल’ र किराँत धर्मावलम्बीको तर्फबाट किराँत धर्म मागेन सेवा समितिका मागेन लिम्बु लगायतले आफ्ना बिचार प्रस्तुत गरेका थिए ।
सनातन धर्मगुरु गिरीले भारतको सबै ज्योर्तिलिङको परिक्रमा गरेपनि नेपालको पशुपतिनाथको दर्शन नगरेसम्म सनातनीको धार्मिक यात्रा पुर्ण नहुने बताए । उनले नेपालको परिचय विश्वमा हिन्दु राष्ट्रकै रुपमा रहेको धारणा राखे । प्रधानमन्त्री बालेन्द्र शाहले समेत सपथ ग्रहण समारोहमा सनातन परम्पराको निरन्तरता दिएकोमा उनले धन्यवाद ज्ञापन गरे ।
जनजाति कल्याण आश्रमका महासचिव प्रेम थुलुङले हिन्दू, बौद्ध र किरात तिनै धर्मले सत्य, अहिंसा र करुणाको प्रतिनिधित्व गर्ने बताए ।
अहिले यी तिनवटै धर्मले चुनौतीको सामना गर्नुपरिरहेको उनले बताए । कसैले पनि प्रलोभन तथा प्रभावमा पारेर धर्म संस्कृति परिवर्तन गराउन नहुने सुझाव दिए ।
कार्यक्रममा किराँत धर्म संरक्षण समितिका केन्द्रीय अध्यक्ष डकेन्द्र सिंह थेगिम, कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, कोशी प्रदेशका पूर्वमन्त्री जयराम यादव, विराटनगरका उद्योगी व्यवसायीहरू पवन कुमार सारडा, महेश जाजु लगायतको नेपाल र भारतका विभिन्न धार्मिक पिठका धर्मगुरुहरूको उपस्थिति रहेको थियो ।
View : 71
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved