Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

गीतकार खतिवडाले ल्याए 'खुशी' मा आध्यात्मिक सन्देश

विराटनगर । गीतकार नारायण खतिवडाको शब्द रचना, शिलाबहादुर मोक्तानको संगीत संयोजन तथा कुन्ती मोक्तानको स्वर रहेको भजन ‘खुशी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । 

नमस्ते नेपाल डिजिटल स्टुडियोबाट सार्वजनिक गरिएको भजन गीतमा मानिसहरू खुशी हुनका लागि आफूले आत्मचिन्तन गर्नुपर्ने गहिरो भाव रहेको छ । त्यसको सजिलो बाटो भनेको भगवानप्रतिको चिन्तनले सम्भव हुने बताइएको छ । 

वर्तमान परिवेशमा भौतिकवादी सुख सुविधाबाट भौतिक सुख पाए पनि मानिस सुखी र खुशी बन्न सकेका छैनन् । यस्तो अवस्थामा भौतिक सुखका साथै आध्यात्मिक चिन्तनबीचको सन्तुलन हुनुपर्ने गीतको भाव रहेको छ ।

उक्त सन्देशमूलक भजनमा अर्जुन कटुवाल र अमिसा खतिवडाको मुख्य अभिनय रहेको छ । 

गीतको भिडियोको कोरियोग्राफी सन्तोष  मगर र इश्वर राईले गरेका हुन् भने दृष्य सम्पादन सनम तामाङको रहेको छ ।

गीतकार खतिवडाका सम्झनाका पाइलाहरू, बहार जस्ता गीती पुस्तक, ढुकढुकी एल्बम प्रकाशन भएका छन् भने धेरै गीत र भिडियो पनि आइसकेका छन् । 

सार्वजनिक भएको खुशीको म्युजिक भिडियोमा गीतकार खतिवडा आफैंले निर्देशन गरेका हुन् ।

View : 401

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved