Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

बस दुर्घटना हुँदा १४ यात्रु घाइते

उद्‌घोष संवाददाता
१७ साउन २०८२, शनिवार

विराटनगर । संखुवासभाको आँखीभुँईबाट दमकका लागि छुटेको यात्रु बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । 

धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट छुटेको बा २ ख ७२४४ नम्बरको यात्रु बस तेह्रथुमको लालिगुराँस नगरपालिकास्थित टुटे देउराली नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेहरू मध्ये धर्मदेवी–९ का सविन बिष्ट र धर्मदेवी–९ का अश्विन भारतीलाई थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जनाइएको छ ।

दुर्घटनामा धर्मदेवी–६ का मनकुमार कटुवाल, श्रीमान तामाङ, सुजन कटुवाल, प्रतिमा तामाङ, सोम माया थायुम, धर्मदेवी–५ का धनमाया चापागाईँ, धर्मदेवी–७ का बिष्णु कटुवाल, भवानी, कार्की, रत्नमाया कटुवाल, धर्मदेवी–९ का हिरा भारती र धर्मदेवी–१ का दल बहादुर कार्की र बिमल विक घाइते भएका छन् । 

उनीहरूको तेह्रथुमको बसन्तपुर अस्पतालमा उपचार भईरहेको जनाइएको छ । 

बस सडकबाट ५० मिटर तल खसेको जनाइएको छ ।

 

View : 431

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved