विराटनगर । विराटनगरस्थित अर्किड कलेजले मंगलबार एक सय बढी विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मानित गरेको छ ।
कलेजले सञ्चालन गर्ने नियमित परीक्षामा उत्कृष्ट अंक ल्याउने र विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको हो ।
कलेजका प्राचार्य मनोज भट्टराईले एक बर्षभरी संचालित परीक्षा र खेलकुद लगायतमा अतिरिक्त क्रियाकलापमा सहभागी भई उत्कृष्ट हुने विद्यार्थीहरूलाई नगदसहित पुरस्कृत गरी सम्मानपत्र प्रदान गरिएको जानकारी दिए ।
कलेजमा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्टतर्फ गरी एक हजार ५०० विद्यार्थी अध्ययरत छन् ।
उनीहरू मध्ये कक्षा ११ र १२ का विभिन्न परीक्षामा ‘टप १०’ हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको जनाइएको छ ।
कलेजका अध्यक्ष अमित ढकाल लगायतले विद्यार्थीहरूलाई पुरस्कृत गरी प्रमाणपत्र प्रदान गरेका हुन् ।
कलेजले आयोजना गरेको अन्तर ‘इन्टर सेक्सन क्वीज’ प्रतियोगितामा सहभागी भई प्रथम हुने पिस्टिया सेक्सन, द्वितीय हुने रुबस सेक्सन र तृतीय हुने सिस्टस सेक्सनलाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै, आन्तरिक खेलकुद तथा हिसान खेलकुद महोत्सवमा पदक प्राप्त खेलाडी विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियो ।
भारतमा आयोजित ‘सुटिङ बल वल्र्डकप’ मा दोस्रो हुने दिपिका माझी र तेस्रो हुने सुस्मिता कामतलाई सम्मानित गरिएको कलेजका निर्देशक दिपेश बास्तोलाले जानकारी दिए ।
साथै, हिसान खेलकुद महोत्सव अन्तरगत छात्रा फुटबलमा दोस्रो हुने खेलाडीहरू, २०० मिटर दौडमा प्रथम भएकी निरुता राजबंशी र १०० मिटर दौडमा प्रथम हुने शर्मिला मोक्तान लगायतलाई पुरस्कृत गरिएको जनाइएको छ ।
कलेजले खेलकुद लगायतका विभिन्न कार्यक्रमलाई सफल बनाउन योगदान गर्ने कलेजका शिक्षकहरूलाई पनि सम्मानित गरेको थियो ।
View : 67
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved