Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

बैशाखको सर्वोत्कृष्ट प्रहरी घोषित

उद्‌घोष संवाददाता
३ जेठ २०८३, आइतवार

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय लेटाङ मोरङमा कार्यरत प्रहरी निरीक्षक सागर साहलाई वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । 

प्रहरी निरीक्षक सागर साहले उल्लेख्य संख्यामा फरार प्रतिवादीहरुलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको र प्रविधिमैत्री प्रहरी सेवा प्रवाह गर्न ड्रोन क्यामेराको माध्यमबाट अपराधको रोकथाम र अनुसन्धान गर्ने कार्य प्रभावकारी रुपमा सम्पादन गरेको जनाइएको छ  ।

यस्तै नागरिक सहायता कक्षमा डिस्प्ले बोर्ड जडान गरी सचेतनामूलक सन्देशहरु प्रवाह गर्ने कार्य गरेको, सञ्चार शाखाको निर्माण कार्य गरेको, हिरासत कक्षमा पुस्तकालय स्थापना गरी उल्लेखनीय रुपमा नवप्रवर्धनात्मक कार्यहरुलाई बढावा दिई नागरिक र प्रहरी बीचको सम्बन्ध प्रगाढ बनाउन महत्वपुर्ण कार्य गरेको कार्यको उच्च मूल्यांकन गर्दै २०८३ साल वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

View : 102

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved