विराटनगर । मोरङ पथरी शनिश्चरे–७ का धनराज गिरी र सुनसरी रामधुनी–८ का साजन चौधरीको पानीमा डुबेर मृत्यु भएको छ ।
शनिबार पथरीशनिश्चरेस्थित पथरी खोलामा नुहाउने क्रममा ४६ बर्षीय गिरी पानीमा डुबेको अवस्थामा स्थानीयले फेला पारी उपचारको लागि स्थानीय मंगलबारे अस्पताल लगिएकोमा अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको हो ।
यसैगरी सुनसरी रामधुनी–८ कालीझोडाका सुनिल चौधरीको डेढ बर्षीय छोरा साजन चौधरी घर नजिकै नहरको पानीमा डुबेको अवस्थामा आफन्तले फेला पारी उपचारार्थ इनरूवा अस्पताल लगेकोमा डाक्टरले जाँचको क्रममा मृत घोषणा गरेका थिए ।
View : 773
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved