काठमाडौं । लगातार घटेको सेयर बजार परिसूचक बुधबार दोहोरो अंकले बढेको छ । नेप्से २२.०४ अंकले बढ्दै २७०५.९० को विन्दुमा बजार बन्द हुँदा ७ अर्ब ४५ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ ।
कारोबार रकम अघिल्लो दिनका तुलनामा बढेको हो । लगानीकर्ता आकर्षित हुँदा वाणिज्य बैंकको सेयर १.६८ प्रतिशतले बढेको छ । यस्तै लगानी समूह १.३७ प्रतिशतले बढेको छ ।
विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, व्यापार र अन्य समूहका सूचक बढेका छन् ।
म्युचुअल फण्ड र फाइनान्स समूह भने घटेका छन् । ४९ कम्पनीको सेयरमूल्य घट्दा सर्वाधिक ग्रीन डेभलपमेन्ट बैंक ४.४१ प्रतिशतले घटेको छ । १९९ कम्पनीको सेयरमूल्य बढेको छ ।
वरुण हाइड्रोपावरको सेयरमूल्यमा ६.२१ प्रतिशतको बढोत्तरी छ । सर्वाधिक कारोबार हुनेमा राधी विद्युत अगाडि रह्यो ।
उक्त कम्पनीको ४६ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार बएको छ । यसैगरि बुटवल पावरको ३६ करोड ६७ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ३५ करोड १८ लाख र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ३१ करोड ८५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यसअघि मंगलबार बजार ०.१४ अंकले घट्दै २६८३.८६ को विन्दुमा रहँदा ६ अर्ब ५७ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
View : 313
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved