काठमाडौं । कारोबारी सक्रिय हुँदा सेयर बजारमा बिक्रीको चाप घटेको छैन । साताको चौथो दिन लगानीकर्ता फाइनान्समा आकर्षित देखिएका छन् ।
नेप्से ५.१७ अंकले बढेर २९७८.८८ को विन्दुमा रहँदा १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
१३ मध्ये ७ समूहको सूचक बढेका छन् भने ६ समूहको घटेका छन्। बढेकामध्ये फाइनान्समा ३.२३ प्रतिशतको वृद्धि छ ।
१५२ कम्पनीको सेयरमूल्य घटेको छ। घटेकामध्ये भूगोल इनर्जीको ५.३२ प्रतिशत गिरावट छ ।
९८ कम्पनीको सेयरमूल्य बढ्दा भर्खरै आइपीओ जारी गरेर दोस्रो बजारमा आएका ट्रेड टावर र सान्भी इनर्जीका लगानीकर्ता सर्वाधिक फाइदामा छन् ।
दुवै कम्पनीको सेयर ९.९९ प्रतिशतले बढेको छ । यस्तै ग्रीन भेञ्चर्सको ९.४० र लिबर्टी इनर्जीको ७.०८ प्रतिशतले बढेको छ ।
सर्वाधिक कारोबार हुने मुख्य ५ कम्पनीको सूचीमा हिमायन पुनर्बीमा पहिलो नम्बरमा छ। उक्त कम्पनीको ७८ करोड १० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै शिवम् सिमेन्टको ७५ करोड २९ लाख, निफ्राको ६२ करोड ३३ लाख, बुटवल पावरको ६२ करोड २५ लाख र नेपाल पुनर्बीमाको ५५ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ ।
मंगलबार नेप्से ८०.९७ अंकले बढ्दै २९७३.७० को विन्दुमा रहँदा २० अर्ब ८ करोड ५३ लाख रुपैयाँको कारोबार भएको थियो ।
View : 543
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved