विराटनगर । कोशी प्रदेशका प्रहरी प्रमुख डिआईजी विनोद घिमिरेले सवै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताएका छन् । उनले कुनैपनि स्थानमा मतदान कार्य प्रभावित हुने गतिविधि नभएको जानकारी दिए ।
डिआईजी घिमिरेले ओखलढुंगाको मानेभञ्ज्याँङमा रहेको एउटा मतदान केन्द्रमा निर्वाचन कर्मचारी र सुरक्षाकर्मीहरू मतदान कार्यका लागि बसिरहेपनि मतदाता नआएको बताए ।
‘निर्वाचनको टोली बसेको छ, मतदाता नै नआएपछि हाम्रो के भन्नु छ र’ उनले भने, ‘१४ वटै जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ, कतै केही छैन ।’
कोशी प्रदेशमा २८ वटा प्रत्यक्ष सिटमा निर्वाचन भइरहेको छ । १९०७ मतदान स्थलमा ४ हजार २७० वटा मतदान केन्द्र कायम गरी निर्वाचन भइरहेको छ । कोशी प्रदेशमा ३५ लाख ७४ हजार ३१० जना मतदाता रहेका छन् ।
View : 82
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved