Biratnagar, Morang, Nepal
२८ भदौ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
शिक्षा

नेपाल बिजनेश कलेजका विद्यार्थीले उदय र मनिलाको सांगीतिक प्रस्तुतिमा ‘क्यान्डिल लाइट डिनर’ गर्दै

उद्घोष सम्वाददाता
३ भदौ २०८१, सोमवार

Advertisement

विराटनगर । विराटनगरस्थित नेपाल बिजनेश कलेजका विद्यार्थीहरूले ‘क्यान्डिल लाइट डिनर’ कार्यक्रमको आयोजना गर्ने भएका छन् । कलेजको वीवीए सातौँ समेष्टरमा अध्ययन गर्ने विद्यार्थीहरूले भदौ १४ गते शुक्रबार विराटनगरको जैन भवनमा आयोजना गर्ने जनाइएको छ । 

उक्त कार्यक्रममा चर्चित सांगीतिक जोडी उदय सोताङ र मनिला सोताङको ब्याण्ड सहितको एकल प्रस्तुत रहने जनाइएको छ ।

‘द टाइमलेस ट्यून्स’ नाम दिइएको उक्त म्युजिकल इभेन्टका म्यानेजर विद्यार्थी रोहन बस्नेतले विवीए सातौँ सेमेस्टरका विद्यार्थीहरूको आयोजनामा कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

उक्त कार्यक्रममा दुईसय २५ जोडीका लागि सिट रहेको जानकारी दिँदै बेलुका ७ बजेदेखि उदय र मनिलाको सांगितिक प्रस्तुति सहितको क्यान्डिल लाइट डिनरको आनन्द लिन पाउने बताए । 

बिजनेश कलेजका विद्यार्थीहरूले अध्ययनका क्रममा इभेन्ट म्यानेजमेन्ट गर्नुपर्ने भएकोले कलेजको अगुवाईमा विद्यार्थीले कार्यक्रमको खाका तयार पारेर तयारी अघि बढाएको कलेजका म्यानेजिङ डाइरेक्टर दिपक कोइरालाले जानकारी दिए ।

कार्यक्रमको सबै तयारी र व्यवस्थापन विद्यार्थीहरूले गर्ने र त्यसका लागि साढे सात लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । 

म्युजिकल इभेन्टकी इभेन्ट डाइरेक्टर रितीका घिमिरेले कार्यक्रमको आयोजनाका लागि विराट हेल्थकेयर इण्डष्ट्रिज मुख्य प्रवर्द्धन रहेको बताइन् । साथै डाइमन्ड स्पन्सरमा जीवन विकास डेरी रहेको बताइन् । 

इभेन्ट म्यानेजमेन्टबाट आएको पैसालाई विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा सहयोग प्रदान गर्ने इभेन्ट कोअर्डिनेटर सपना साहले बताइन् ।

विवीए सातौँ सेमेस्टरमा अध्ययनरत ६२ जना विद्यार्थीहरूले विभिन्न उपसमितिहरू बनाएर कार्यक्रमको आयोजना गर्ने र त्यसको आधारमा उनीहरूले २० पूर्णाङ्कको प्रयोगात्मक अंक समेत प्राप्त गर्ने कलेजका फ्याकल्टी लेक्चर रोनिल अधिकारीले बताए ।

सांगीतिक कार्यक्रम अन्तरगत क्यान्डिल लाइट डिनरमा सहभागी हुने जोडीहरूलाई विभिन्न खेलहरू खेलाइने र उनीहरूलाई गोलाप्रथाबाट आकर्षक उपहारहरू समेत प्राप्त गर्ने जनाइएको छ ।

सांगीतिक प्रस्तुति सहितको क्यान्डिल लाइट डिनरमा सहभागी हुनका लागि प्रत्येक जोडीले २ हजार ९९९ रुपैयाँको टिकट खरिद गर्नुपर्ने जनाइएको छ ।

View : 475

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved