Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

सातघुम्ती कवाडी आगलागी : बर्न हस्पिटलमा उपचाररत थप एक महिलाको मृत्यु

उद्घोष सम्वाददाता
२६ मंसिर २०८०, मङ्गलवार

विराटनगर । विराटनगरको सातघुम्ती मोड रहेको कवाडी संकलन केन्द्रमा भएको आगलागीको घटनामा परेर मृत्यु हुनेको संख्या चार पुगेको छ । जलेर गम्भीर घाइते थप एक महिलाको उपचारकै क्रममा काठमाडौंको कीर्तिपुरस्थित बर्न हस्पिटलमा मृत्यु भएको हो । विराटनगर-६ की ६० वर्षीया रीतादेवी सरदारको सोमबार राती मृत्यु भएको विराटनगर-६ का वडाध्यक्ष अक्षय सहनीले बताए । 

सातघुम्ती रोडमा दुखा मण्डलले सञ्चालन गरेको कवाडी केन्द्रमा गत बुधबार अपरान्ह आगलागी भएको थियो । आगलागीमा परी तीन जनाको यसअघि नै मृत्यु भइसकेको छ । घटनामा गम्भीर घाइते भएकी रीतादेवीसहित विराटनगर-६ का ५८ वर्षीय किशोर पासवान, ६५ वर्षीया सुनिता कामत र कटहरी गाउँपालिका-६ की ३० वर्षीया पिंकी कामतलाई काठमाडौं लगिएकोमा सुनिताको बुधबार नै निधन भइसकेको छ ।

आगलागीमा परी विराटनगर-७ का कवाडी सञ्चालकका परिवारकै ४० वर्षीय दीपक मण्डलको उपचारको क्रममा विराटनगरस्थित न्यूरो हस्पिटलमा मृत्यु भएको थियो । कवाडीभित्रै जलेर विराटनगर-६ की सुशीला पासवान समेत मृत्यु भएको थियो ।

आगलागीमा परी ज्यान गुमाएकाका परिवारलाई विराटनगर महानगरपालिकाले प्रति मृतक एक लाख रुपैयाँका दरले राहत दिने घोषणा गरेको छ । त्यसैगरी घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । 

View : 97

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved