दुहबी : सुनसरीको दुहबी नगरपालिकाको स्वामित्वमा रहेको कित्ता नम्बर ४३३ मा रहेको ८ कठ्ठा १५ धुर जग्गा खाली गराइएको छ ।
दुहबी नगरपालिकाले सो जग्गामा बनेका घर टहरा र भौतिक संरचना खाली गराउन १५ दिने सूचना जारी गरेपछि अधिकांश घरहरु स्थानीयले आफै भत्काउन सुरु गरेका थिए । बाँकी रहेको घर संरचना दुहबी नगरपालिकाले आइतबार डोजर लगाएर भत्काएको हो ।
सपिङ कम्प्लेक्स लगायतका भौतिक संरचना निर्माण कार्य गर्न दुहबी नगरपालिकाले दुहबी बजारको अन्तिम प्लट आइतबार डोजर लगाएर खाली गराएको हो । यस अघि गत बैशाख र असारमा २ वटा प्लट खाली गराइएको थियो ।
६ लेन सडकका लागि अझै करिब साढे ४ सय मिटर जग्गा बाधक हुँदा दुहवीमा ६ लेन सडक निर्माणमा अवरोध पुगेको बताइएको छ ।
तत्कालीन दुहबी–९ नम्बर वडाको दुहबी बजारमा आगलागी भएपछि तत्कालीन दुहबी– ६ र ७ मा बजार व्यवस्थित गरेपछि ७० बर्षदेखि आफूहरु व्यवसाय गर्दै बसोवास गरेको जग्गामा दुहबी नगरपालिकाले थोरै समय दिएर डोजर लगाएको स्थानीयले गुनासो पोखेका छन् ।
View : 185
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved