Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

काशा देई मन्टेश्वरीले दशौं वार्षिकोत्सव

उद्‌घोष संवाददाता
१८ फागुन २०८२, सोमवार

विराटनगर । विराटनगर–११ पाञ्चालीस्थित काशा देई मन्टेश्वरी चिल्ड्रेन हाउसले शनिबार स्थापनाको १०औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न गरेको छ ।

विराटनगरमा आयोजित कार्यक्रममा मन्टेश्वरीले आफ्नो स्थापनाको १०औं वार्षिकोत्सव बिभिन्न कार्यक्रम गरी मनाएको हो । सोही अवसरमा मन्टेश्वरी तह पार गरेका बालबालिकालाई दीक्षित गरिएको जनाइएको छ ।

कार्यक्रममा मन्टेश्वरीका स–साना बालबालिकाले मनमोहक सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

बिभिन्न पहिरनमा सजिएका बालबालिकाको प्रस्तुतिले उपस्थित अभिभावकलाई मनोरञ्जन प्रदान गरेका थियो ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, ११ नंं. वडाका वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेलगायत अभिभावकहरूले बालबालिकाको वृत्ति विकासमा मन्टेश्वरीले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

१० वर्षअघि सुरु गरिएको मन्टेश्वरीमा हाल एक सय ७० जना बालबालिका अध्ययन गरिरहेको प्रिन्सिपल पवित्रा तामाङले जानकारी दिइन् । 

काशा देई मन्टेश्वरीले शान्त वातावरण, सुविधायुक्त भौतिक पूर्वाधारमा व्यवहारिक शिक्षा र विभिन्न अतिरिक्त क्रियाकलापबाट बालबालिका अध्ययन गराउँदै आएको तामाङले बताइन् ।

View : 78

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved