पत्रकार सम्मेलनमा तिम्सिना बस्नेतलगायत । तस्वीर : उद्घोष
विराटनगर । आत्मविश्वास नै शरीरको सबैभन्दा ठुलो रोगसँग लड्ने क्षमता भएपनि हिजोआज बिरामीलाई सहजयोगले तान्दै छ । शरीरका बिभिन्न अंगमा हुने समस्या समाधान गर्न यस योगको ठुलो भुमिका रहेको लाभान्वितले दाबी गरेका छन् ।
झापा बिर्तामोडका गोपाल लकान्द्रीलाई पटक्कै निद्रा नआउने समस्या थियो । केही वर्षदेखि उनी चिकित्सकको औषधिले निदाउँंदै आएका थिए ।
सहजयोगमा कसैले सुझाव दिएपछि बिस्तारै समस्या समाधान भएर गएको उनले दाबी गरे । ‘यो साधनाले मेरो जीवनको ठुलो समस्या समाधान भयो रातभरी निद्रा लिएर दिनको काम सहज रुपमा गर्न पाएको छु’ उनले भने ।
सहजयोग ध्यान केन्द्र विराटनगरले सोमबार गरेको पत्रकार सम्मेलनमा लकान्द्रीले मन र मस्तिस्कबाट साधना गर्दा शरीरमा आउने हरके किसिमका समस्या समाधान गर्न सकिने बताए ।
उनी अहिले योग सम्बन्धिका प्रचारक र बिर्तामोड केन्द्रका नेतृत्वकर्ता छन् । मोरङमा एक मात्रै केन्द्र भए पनि झापामा चार वटा ध्यान केन्द्र रहेका छन् ।
नेपालमा २४ ठाउँमा शाखा रहेको ध्यान केन्द्रले कुनै पनि शुल्क नलिई योग गराउंदै आएको छ । धरानस्थित केन्द्रमा संयोजक रहेका रामबहादुर बिक पेटको लामो समस्या योगबाट समाधान भएकाले आफु अभियन्ता भएर लागेको बताउँछन् । सहजयोग प्रबिधिमा पन्चतत्वको प्रयोगबाट शरीरका समस्या समाधानको प्रयास गर्ने गरिएको छ ।
यस प्रबिधिको उपचार पद्धतीबाट क्यान्सर, मुटु, मृगौलामा भएका समस्याहरुको पनि केही हदसम्म निदान भएको अभियन्ताको दाबी छ ।
नेपालमा २०५८ मा दर्ता भएर बिधिवत रुपमा संचालनमा आएको सहजयोग अहिले विश्वका एक सय ५० देशमा केन्द्र मार्फत संचालनमा छ । यसको सेवा लिन र सदस्य बन्द कुनैपनि शुल्क लाग्दैन ।
सहजयोगका केन्द्रीय सचिव बिजया बस्नेतले नेपालमा हाल दैनिक १५ हजार भन्दा बढीले यो ध्यान गर्दै आएका छन् । नेपालको तुलनामा विश्वमा यसको बढी प्रभाव देखिएको बताउने उनले कतिपय देशमा सहजयोगलाई पाठ्यक्रममै राखिएको जानकारी दिइन् । सन १९२३ मा भारतमा जन्मिएकी निर्मलादेवीले सन् १९७० देखि भारतमा सहजयोगको सुरुवात गरेकी थिइन् ।
सहजयोग नेपालका पूर्व अध्यक्ष ध्रुव क्षेत्री तिम्सिनाले भारतको मध्यप्रदेशबाट सुरु भएको निर्मलादेवीको ध्यान रसियामा विद्यालयको पाठ्यक्रमसम्म पुगेको बताए ।
हरेक धर्मलाई सम्मान गर्ने भएकाले सहजयोगलाई सबै क्षेत्रसम्म पुर्याउन सकिएको बताउंदै उनले ध्यानका फाइदाको प्रचार गर्दै केन्द्र बिस्तारमा अनुयायीहरु देशब्यापी रुपमा लागेको जानकारी दिए ।
यस वर्ष एसियाकै ठुलो धार्मिक समारोह विराटनगरको रथयात्रामा सहभागि हुन बिभिन्न जिल्लाबाट योगका अनुयायी आएको बताउदै उनले सहजयोगले विषेश झाकीसहित सहभागिता जनाउंने जानकारी दिए । यस वर्षको विराटनगरको रथयात्रामा एक सय जति झाँकी सहभागि हुंदैछन् ।
View : 59
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved