सुनसरी । भारतीय पर्यटक आकर्षित गर्न कोशी प्रदेशमा इस्टर्न ट्राभल मार्ट हुने भएको छ । कोशी प्रदेशको समग्र पर्यटन उत्पादनहरुलाई सीमावर्ती भारतीय शहर र बंगलादेशमा समेत प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले मंगलबार इटहरीमा पत्रकार सम्मेलन गरी जनाएको छ ।
नेपाल फर्यटन बोर्ड र कार्यक्रम आयोजना हुने स्थानीय सरकारको संयुत्त आयोजना र निजी क्षेत्रका सम्बद्ध सरोकारमार्फत सञ्चालन हुँदै आएको कार्यक्रमको चौथो संस्करणको उद्घाटन इटहरीमा र समापन झापाको पूर्वी नाका काँकडभिट्टामा हुने आयोजकले जनाएको छ ।
जेठ २५ देखि २७ गतेसम्म चल्ने ट्राभल मार्टमा नेपालका ५० जना तथा भारतको बिहार, पश्चिम बंगाल, भुटान र बंगलादेश समेतका गरी ८० भन्दा बढी ट्राभल ब्यवशायी र पर्यटनसँग सम्बद्ध संघ संगठनका प्रतिनिधि गरी १ सय ३० बढी पर्यटनकर्मीको सहभागीता रहने आयोजक इस्टर्न टाभल मार्ट २०२४ का कार्यक्रम संयोजक भविसकुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा कोशी प्रदेशमा हालसम्म सञ्चालित तारे होटलहरु, प्रदेशका मुख्य गन्तब्यहरु, धार्मिक स्थलहरु, आतिथ्य व्यवस्थापन कलेजहरु गरी ३० झन्दा बढी स्टलहरु रहने आयोजकले जनाएको छ ।
कार्यक्रमको त्रममा बिदेशी पर्यटकलाई प्रदेशका बिभिन्न पर्यटकीयस्थलको अवलोकन भ्रमण पनि गराइने बताइएको छ । यस्तै स्वदेशी तथा बिदेशी पर्यटन ब्यवशायीहरु बीच सूचना ब्यापार र समझदारी बनाउँदै देशीय तथा अन्तरदेशीय ब्यवशायी प्याकेजहरुमा सहमती सम्झौता समेत गराइने आयोजकले जनाएको छ ।
View : 145
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved