Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

ज्यान मुद्दाका फरार तील बहादुर ४५ वर्षपछि समातिए

एसपी कोइरालाले भने, ‘खोजतलास गर्ने टिमले सात दिनको अथक प्रयासबाट पक्राउ गरेको हो ।’
उद्‌घोष संवाददाता
१८ असार २०८२, बुधवार

Advertisement

विराटनगर । जिल्ला प्रहरी कार्यालय इलामले कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई ४५ बर्षपछि पक्राउ गरेको छ ।

इलाम जिल्ला अदालतबाट २०३८ जेठ १२ मा भएको फैसला अनुसार १० बर्ष कैद सजाय तोकिएका हाल सन्दकपुर गाउँपालिका–५ का तील बहादुर गुरुङ मंगलबार पक्राउ परेका हुन् ।

पक्राउ परेका गुरुङ अहिले ७६ वर्ष पुगेका छन् ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोइरालाले जिल्लाबाटै खटिएको बिशेष टोलिले सन्दकपुर–५ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी इलाम जिल्ला कारागार चलान गरिएको बताए ।

‘अदालतको अभिलेख अनुसार फरार रहेका व्यक्तिहरू पक्राउ गर्न हामीले विशेष टोली नै परिचालन गरेका छौं’ एसपी कोइरालाले भने, ‘खोजतलास गर्ने टिमले सात दिनको अथक प्रयासबाट पक्राउ गरेको हो ।’

View : 581

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved