विराटनगर । मोरङ जिल्लामा झण्डै ५२ प्रतिशत मत खसिसकेको छ । अपरान्ह ४ बजेसम्मको विवरण अनुसार मोरङको ६ वटै निर्वाचन क्षेत्रमा ५१ दशमलव ९४ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।
उनका अनुसार अपरान्हपछि मत खस्ने क्रम बढेको हो ।
सवैभन्दा धेरै क्षेत्र नम्बर ५ मा ५८ दशमलव ४२ प्रतिशत मत खसेको छ । क्षेत्र नम्बर ४ मा ५७ दशमलव ४९, क्षेत्र नम्बर ६ मा ५६ दशमलव ४७, क्षेत्र नम्बर क्षेत्र नम्बर १ मा ५२ दशमलव १६, क्षेत्र नम्बर ३ मा ४५ दशमलव ८८ र सवैभन्दा कम क्षेत्र नम्बर २ मा ४४ दशमलव ६० प्रतिशत मतदान भइसकेको जनाइएको छ ।
मोरङमा ६ वटै निर्वाचन क्षेत्रमा ७ लाख ८३ हजार ५० मतदाता छन् । जसमध्ये ४ लाख ६ हजार ७१५ मत खसिसकेको प्रजिअ कट्टेलले बताए ।
उनले जिल्लाका सवै ८८८ मतदान केन्द्रमा अहिले पनि उत्साहपूर्ण रुपमा मतदान भइरहेको बताए । मतदान आज बेलुका ५ बजेसम्म हुनेछ । मतदानका लागि अझै एक घण्टा समय बाँकी रहेकोले खसेको मत बृद्धि हुने जनाइएको छ ।
View : 63
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved