विराटनगर । नेकपा एमालेले सुनसरी–४ मा अन्तिम समयमा उम्मेदवार हेरफेर गरेपछि पार्टीभित्र आन्तरिक विवाद चर्किएको छ ।
यो क्षेत्रमा केन्द्रीय सदस्य रहेका जगदीश प्रसाद कुसियैतलाई उम्मेदवार बनाउने निर्णय सार्वजनिक भएको थियो । तर सोमबार कुसियैतको नाम हटाएर कांग्रेसबाट हालै मात्र एमाले प्रवेश गरेका डा. अवुल हुसैन अंसारीलाई टिकट दिइएपछि कुसियैत पक्षधरहरूले चर्को असन्तुष्टि जनाएका छन् ।
एमालेले सुनसरीसहित कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याउने क्रममा जिल्ला र प्रदेशबाट एकल सिफारिस भएका उम्मेदवारलाई हटाएर केन्द्रीय तहबाटै हस्तक्षेप भएको कार्यकर्ताहरूले टिकाटिप्पणी गर्दै आएका छन् ।
सुनसरी–४ मा पनि त्यस्तै घटना भएको कुसियैत निकट कार्यकर्ताहरूले बताए ।
एमाले स्रोतका अनुसार कुसियैतको नाम क्षेत्र र जिल्लाबाट एकल रूपमा सिफारिस भएको थियो । तर अन्तिम घडीमा कांग्रेसबाट टिकट नपाएका डा. अवुल हुसैन अंसारीलाई एमालेले उम्मेदवार बनाएको हो । जसका कारण एमालेका स्थानीय कार्यकर्ता र नेताहरू असन्तुष्ट बनेका हुन् ।
सुनसरी–४ मा कुसियैतलाई क्षेत्र नम्बर २ मा व्यवस्थापन गर्ने प्रयास समेत भएकोमा उनले त्यसलाई अस्वीकार गरेका छन् । आफू कुनै पनि हालतमा पछि नहट्ने उनले निकट कार्यकर्ताहरूलाई बताएका छन् ।
View : 238
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved