सुनसरी । जिल्ला सुनसरीको बराहक्षेत्र नगरपालिका–५ बाट ठूलो परिमाणमा लागूऔषध गाँजा बोकेको एक कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले उक्त कारभित्रबाट ३४० किलो गाँजा बरामद गरेको हो ।
असोज १० गते राति इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–५ स्थित सडक किनारमा वेवारिसे अवस्थामा रहेको बीआर ११बीआर ७१०२ नम्बरको कार शङ्का लागेर चेकजाँच गरेको थियो ।
जाँचका क्रममा कारको भित्री भागमा प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा उक्त ३४० किलोग्राम गाँजा फेला परेको सुनसरी प्रहरीले जनाएको छ ।
ठूलो मात्रामा लागूऔषध बरामद भएपछि प्रहरीले उक्त गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरूको पहिचान र खोजी कार्य तीव्र पारेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
View : 423
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved