विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीले मोरङको ग्रामथान गाउ“पालिकाको अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा दिवेश थान्दारलाई उम्मेदवार निर्णय गरेको छ ।
बुधबार बसेको बैठकले आकांक्षीहरू मध्येबाट थन्दारलाई अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत् निर्णय गरेको राप्रपा मोरङका अध्यक्ष गोपाल कटुवालले जानकारी दिए ।
राप्रपाबाट अध्यक्षको उम्मेदवार बन्न थन्दारसहित अघिल्लो निर्वाचनमा अध्यक्षकै उम्मेदवार रहेका पखु लाल विश्वास, हेमनारायण चौधरी, गुलाव कुमार खाँ, गोविन्द प्रसाद दाहाल र सुरेश कुमार विश्वास मुख्य आकांक्षी रहेका थिए ।
अध्यक्षको उम्मेदवार बनाइएका थन्दार वडा नम्बर ७ का बासिन्दा हुन् ।
पार्टीको वडा संयोजकको जिम्मेवारीमा रहेका ३५ युवालाई अध्यक्षको उम्मेदवार बनाएर चुनावी मैदानमा पठाएको अध्यक्ष कटुवालले बताए ।
उम्मेदवार चयनका लागि राप्रपाले पार्टीका महामन्त्री प्रल्हाद साहसहितको कार्यदल बनाएको थियो । ग्रामथानमा सम्पन्न २०७९ को स्थानीय निर्वाचनमा राप्रपाका उम्मेदवार पखु लाल विश्वासले भने ४४७ मत प्राप्त गरेका थिए ।
View : 62
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved