विराटनगर : विराटनगरको पश्चिमी क्षेत्रमा लामो समयदेखि अलपत्र अवस्थामा रहेको हुलाकी सडकको महानगरपालिकाका मेयर नागेश कोइरालाले अनुगमन गरेका छन् ।
मेयर कोइरालाले मंगलबार निर्माणाधिन अवस्थाको जामुनगाछी–केशलिया खोलाअन्तर्गत पर्ने हुलाकी सडकको अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा कोइरालाले स्थानीयको गुनासा सुन्नुका साथै मापदण्डमा परेका घरधनीहरुसँग समस्या समाधान गर्नका लागि छलफल गरेका थिए । निर्माणको कामलाई गति दिन मेयर कोइरालाले निर्माण व्यवसायी वासु उप्रेतीलाई निर्देशन पनि दिए ।
अनुगमनका क्रममा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर ४ का वडाध्यक्ष जितन थापा, ५ का अध्यक्ष सन्तोष न्यौपानेसहित वडा सदस्यहरुका साथै योजना महाशाखा प्रमुख अर्जुन थापालगायतको समेत उपस्थिति थियो ।
View : 141
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved