Biratnagar, Morang, Nepal
४ असोज २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

सडकका छाडा भैंसी निम्त्याएको दुर्घटना :

कसले गर्ने घाइतेको उपचार ? कसले दिने भैंसीको क्षतिपूर्ति ?

उद्घोष सम्वाददाता
३ असोज २०८१, बिहिवार

Advertisement

विराटनगर । सडकमा भैंसीसँग ठोकिएर चार सवारी साधन दुर्घटना हुँंदा भएका पाँच जना घाइतेहरु मध्ये तीन जनाको अझै उपचार भइरहेको छ ।

मंगलबार बेलुका विराटनगर–१४ स्थित मलाया रोडमा छाडा छोडिएका भैंसीमा ठोक्किएर चारवटा सवारी साधन दुर्घटनामा परेका थिए ।

दुर्घटनामा घाइते भएका पूर्व प्रहरी नायव निरीक्षक देवानन्द यादव, उनकी श्रीमती अनिताराजलक्ष्मी यादव र राज गुप्ताको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । 

सामान्य घाइते अन्य दुई जना उपचारपछि मंगलबार बेलुका नै घर फर्किएका थिए । विराटनगर–१४ का नविन यादवको भैंसी सडक पार गर्ने क्रममा एउटा स्कोरपिओसँग ठोक्किएको थियो ।

लैनो भैंसी तत्कालै मरेको प्रहरीले बताएको छ ।

मरेको भैंसी मंगलबार राति नै विराटनगर महानगरपालिकाले उठाएको छ । महानगरका नगर प्रहरी निरीक्षक राजन पौडेलले भैंसी मंगलबार राति नै गाडिएको बताए ।

दुई साताअघि मात्रै ब्याएको सो भैंसीको पाडो पनि केही दिनअघि मात्रै मरेको  भैंसीधनी यादवले बताएका छन् । 

भैंसीमा ठोक्किएर कार र दुईवटा मोटरसाइकल दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते भएकाहरूको उपचार कसले गर्ने र भैंसीधनीलाई क्षतिपूर्ति कस्ले दिने भन्ने अन्यौल छ । 

घाइतेहरू आफ्नै खर्चमा उपचार गराइरहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापाले बताए । 

को २५ प ६३८७ नम्बरको मोटरसाइकलमा सवार विराटनगर–१८ का यादव दम्पती र को ११ प २९०९ मोटरसाइकलमा सवार गुप्ताको उपचार भइरहेको बताइएको छ ।

View : 102

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved