Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

साल्मे भीरको पहिरोले सिद्धिचरण राजमार्ग अवरुद्ध

उद्घोष सम्वाददाता
२८ साउन २०८१, सोमवार

विराटनगर । सिद्धिचरण राजमार्ग अन्तरगत ओखलढुङ्गादेखि सोलुखुम्बु जोड्ने सडक साल्मे भीरको पहिरोले अवरुद्ध भएको छ । 

सोलुदुधकुण्ड नगरपालिका–११ को साल्मेमा गएराती गएको पहिरोका कारण सोलुखुम्बु जाने र त्यहाँबाट फर्किने सवारी साधनहरू रोकिएका छन् ।

सोलुखुम्बुबाट बाहिरिने सवारी साधनहरू जोर बौद्धमा रोकिएको प्रहरीले जनाएको छ ।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले बताए ।

शनिबार पनि पहिरो जाँदा १० घण्टासम्म यो सडक खण्ड अवरुद्ध बनेको थियो ।

जेसीबीको सहायताले पहिरो पन्छाएपछि खुलेको सडक सोमबार बिहानैदेखि पुनः अवरुद्ध बनेको जनाइएको छ ।

साल्मे भीरको पहिरोले हरेक वर्ष यो सडक खण्ड अवरुद्ध हुने गरेको छ ।

View : 163

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved