Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

शेयर बजार २४ को विन्दु पनि पार, कारोबार बढेर साढे १५ अर्ब नाघ्यो

उद्घोष सम्वाददाता
३ साउन २०८१, बिहिवार

काठमाडौं। शेयर बजार कारोबारमा बढोत्तरीको क्रम साताको अन्तिम कारोबार दिन पनि मत्थर भएको छैन। बिहीबार नेप्से ५९.६८ अंकले बढ्दै २४२४.३२ को विन्दुमा पुगेको छ। कारोबार रकम एकै दिन साढे १५ अर्ब पनि नाघेको छ। 

३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयर १५ अर्ब ५४ करोड ८८ लाख ७३८ रुपैयाँमा किनबेच भएको छ।  यसअघि बुधबार नेप्से ५४.०४ को अंकले बढेर २३६४.६३ को विन्दुमा रहँदा ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँमा किनबेच भएको थियो।  मंगलबार नेप्से ७०.१८ को अंकले बढेर २३१०.५९ को विन्दुमा पुग्दा २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२ रुपैयाँमा किनबेच भएको थियो। 

बिहीबार फाइनान्स र जलविद्युतबाहेक ११ उपसमूहको सूचक बढ्दा कारोबार रकम पनि बढेको हो। वाणीज्य बैंक सर्वाधिक ६.२८ प्रतिशतले बढेको छ। यस्तै लघुवित्त २.७७, अन्य समूह २.३०, विकास बैंक १.३१, उत्पादन तथा प्रशोधन १.१७ प्रतिशतले बढेका छन्।   

१४४ कम्पनीको शेयरमूल्य बढ्दा ५ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत, उपकार लघुवित्त र थ्रीस्टार हाइड्रोपावरका सेयरमूल बढेर सर्किट लागेको हो।
९५ कम्पनीको शेयरमूल्य घटेको छ भने ४ कम्पनीको शेयरमूल्यमा कुनै परिवर्तन भएन।   

सर्वाधिक शेयर किनबेच भएको कम्पनीमा नेपाल फाइनान्स पहिलो नम्बरमा छ। उक्त कम्पनीको ४२ करोड ४६ लाख ८३ हजार ५४२ रुपैयाँको शेयर किनबेच भएको छ। किनबेचमा शेयरको अन्तिम औसत मूल्य प्रति कित्ता ९९७ रुपैयाँ ८० पैसा रहेको छ।

यस्तै माथिल्लो तामाकोसी जलविद्युतको ३८ करोड ९१ लाख, ज्ञादी ग्रुपको ३० करोड ३२ लाख, शाइन रेसुंगा विकास बैंकको २७ करोड ९१ लाख र कुमारी बैंकको २३ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। बिहीबारको कारोबार तीन वर्षयताकै उच्च हो।

View : 171

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved