Biratnagar, Morang, Nepal
१९ मंसिर २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले कोशीको प्रमुख सचेतकमा लिंथेप

उद्घोष सम्वाददाता
१७ मंसिर २०८१, सोमवार

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा विदुर कुमार लिंथेप नियुक्त भएका छन् ।

मुख्यमन्त्री एवम् एमाले संसदीय दलका नेता हिक्मत कार्कीले उनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

हालसम्म प्रमुख सचेतकको जिम्मेवारीमा रहेका रेवतीरमण भण्डारी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भएपछि रिक्त पदमा संखुवासभा प्रदेश क्षेत्र नम्बर २ का सांसद उनी प्रमुख सचेतक नियुक्त भएका हुन् ।

लिंथेप प्रदेश सभामा निर्वाचित हुनुअघि संखुवासभाको मादी नगरपालिकाका मेयर थिए । उनी विद्यार्थी राजनीतिबाट आएका नेता हुन् ।

View : 55

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved