विराटनगर । सरोकारवालाहरूले बालअधिकार संरक्षणमा तीन तहका सरकारबीच अझ बृहत् समन्वय गर्नुपर्ने बताएका छन् ।
सोमबार विराटनगरमा आयोजित बालअधिकार संरक्षण तथा फ्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यत्रममा स्थानीय तहहरूका प्रमुख उपप्रमुख, कोशी प्रदेशसभा सामाजिक विकास समितिसम्वद्ध सांसद र कानुन कार्यान्वयनको क्षेत्रमा रहेका निकाय र सहयोगी संघ संस्थाहरूको छलफलले सर्वपक्षीय बलियो समन्वयमा जोड दिएको हो ।
कार्यक्रममा कोशी प्रदेशसभाको सामाजिक विकास समिति सभापति गयानन्द मण्डल गनगाइँले संघीयतापछि तीनै तहका सरकारले आफू अनुकूल योजना ल्याउने र काम गर्ने गरेको बताए । जसका कारण बालअधिकार संरक्षणमा ठोस काम हुन नसकेको उनले बताए । त्यसका लागि अब तीनै तहका सरकारबीच समन्वय जरूरी रहेको बताए ।
नेपाल नगरपालिका संघ कोशी प्रदेशका अध्यक्ष एवं बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले कलिला बालबालिकालाई विद्यालय पठाउने प्रचलन बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । समय नपुगी विद्यालय पठाउने प्रचलनले बालबालिकाको समग्र विकासमा असर पर्ने बताए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङले बालबालिकाहरूको सवालमा सम्बन्धित सबै निकाय जिम्मेवार हुनुपर्ने बताए । उनले बालबालिकाको सवालमा सवै पक्षबीच छलफल जरूरी रहेकोमा जोड दिए ।
राष्ट्रिय बाल अधिकार परिषद्को आयोजना एवं एकीकृत हातेमालो समाजको सहकार्यमा आयोजित ऊक्त अन्तरत्रियामा कोशी प्रदेश योजना आयोगकी सदस्य प्रमिला गच्छदार, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, विराटनगर महानगरपालिकाका कार्यवाहक प्रमुख विश्वनाथ भगत लगायतले बालबालिकाका सवालमा आफ्ना धारणा व्यक्त गरेका थिए ।
सामाजिक विकास मन्त्रालय कोशी प्रदेशका निमित्त सचिव फणिन्द्र खक्रीको अध्यक्षतामा आयोजित अन्तरत्रियामा एकीकृत हातेमालो समाजका अध्यक्ष डिल्लीराम गिरीले बालअधिकार संरक्षणका जल्दोबल्दो सवालबारे प्रकाश पारेका थिए ।
ऊक्त कार्यत्रममा झापा, मोरङ र सुनसरीका २९ वटा स्थानीय तहका उपप्रमुख र बाल कल्याण अधिकारीहरूको मुख्य सहभागिता रहेको थियो ।
View : 80
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved