Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

सेयर बजारमा झिनो गिरावट, कारोबार रकममा भने सुधार

उद्‌घोष संवाददाता
१९ भदौ २०८२, बिहिवार

काठमाडौं । सेयर बजार सूचकमा झिनो गिरावट छ । बिहिबार नेप्से ६.५५ अंकले घट्दै २७१९.७७ मा बजार बन्द हुँदा ५ अर्ब १४ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।

बुधबार नेप्से १५.६४ अंकले घट्दै २७२६.३३ को विन्दुमा रहँदा कारोबार रकम ४ अर्ब ७२ करोड ८० लाख थियो ।

साताको अन्तिम कारोबार दिन २७३२.७६ विन्दुसम्म उक्लिएको सूचक घटेर २७०३.२६ सम्म पुगेको थियो ।

अन्तिम समयमा २७१९.७७ पुगेको हो । म्युचुअल फण्ड र व्यापारबाहेकका सबै उपसमूह घट्दा बजार सूचकमा चाप परेको हो ।

१६५ कम्पनीको सेयरमूल्य घटेको छ भने ८५ कम्पनीको बढेको छ । एउटा कम्पनी युनिलिबर नेपालको सेयरमूल्य स्थिर रह्यो ।

बढेकामध्ये हिमस्टार ऊर्जा कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले सर्किटस्तरमा बढेको छ ।

विन्ध्यवासिनी हाइड्रोपावर ६.०७ र माथिल्लो मैलुङखोला जलविद्युतको सेयरमा ६.०५ प्रतिशतको बढोत्तरी छ ।

बजारमा सर्वाधिक कारोबार हुने ५ कम्पनीको सूचीमा नेपाल रिइन्स्योरेन्स पहिलो नम्बरमा छ ।

उक्त कम्पनीको सेयर ३५ करोड ३५ लाखको किनबेच भएको छ । यस्तै विन्ध्यवासिनी हाइड्रोपावरको १९ करोड, हिमालयन रिइन्स्योरेन्सको १७ करोड ६९ लाख, युनियन हाइड्रोपावरको १७ करोड ५८ लाख र हिमालयन डिष्टिलरीको १५ करोड ७१ लाखको कारोबार भएको छ ।

View : 273

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved