विराटनगर । महिलाहरूलाई स्वास्थ्यमैत्री र बजारमुखी खाजा बनाउने व्यवहारिक ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यका साथ दुई दिने तालिम दिइएको छ ।
उद्योग संगठन मोरङ महिला उद्यम समिति आयोजना तथा एस्पायर कलेजको समन्वयमा उनीहरूलाई स्वस्थ स्न्याक्स (खाजा) बनाउने तालिम दिइएको हो ।
संगठनका अध्यक्ष नन्दकिशोर राठीले मानिसहरूमा स्वास्थ्यप्रतिको सचेतना अभिवृृद्धि भइरहेकाले पोषणयुक्त, सुरक्षित र स्वच्छ खानाको माग पनि उल्लेखनीय रूपमा बढेको र यही आवश्यकतालाई मध्यनजर गर्दै संगठनको महिला समितिको नेतृत्वमा तालिम आयोजना गरिएको बताए ।
संगठनका कार्यसमिति सदस्य एवं महिला समिति इन्चार्ज किरण ब्यासले वर्तमान परिवेशमा स्वस्थ खाजा उत्पादनलाई आयआर्जनको राम्रो माध्यम बनाउन सकिने बताइन् । उनले यस्तो तालिमले महिलाहरूमा रहेको सीपलाई व्यवसायिक रुपमा रूपान्तरण गर्न प्रेरित गर्ने पनि बताइन् ।
महिला उद्यम समितिकी संयोजक जयन्ती आचार्यले तालिमले परिकार बनाउने मात्रै नभई आम्दानीको स्रोतमा रूपान्तरण गर्ने सोच विकास गराउन खोजेको जानकारी दिइन् ।
उनले स्वस्थ्य खाजालाई आधुनिक रुपमा प्रस्तुतीकरण र आकर्षक प्याकेजिङमा उपलब्ध गराउन सकिए व्यावसायीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
सहभागी महिलाहरूलाई प्रशिक्षक अखिलेश प्रताप सिंहले स्वस्थ स्न्याक्स निर्माणका व्यवहारिक विधिहरू सिकाउँदै स्वच्छता, खाद्य सुरक्षा तथा व्यावसायिक खाजा व्यवस्थापन सम्बन्धी विषयमा जिम्मेवारीपूर्वक काम गर्ने उद्यमी बन्न सहयोग पुग्ने बताएका थिए ।
View : 124
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved