Biratnagar, Morang, Nepal
१० फागुन २०८१, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

कोदाली भेन्चर्सको प्राकृतिक खाद्य उत्पादन बजारमा

उद्‌घोष सम्वाददाता
९ फागुन २०८१, शुक्रवार

विराटनगर । कोदाली भेन्चर्स प्रालिले नेपाली बजारमा स्वास्थ्यवर्धक र प्राकृतिक खाद्य उत्पादनहरू ल्याएको छ । 

यसले नेपाली किसानहरूले पारम्परिक रूपमा खेती गर्ने कोदो, फापर, चिनो, कागुनो, मुङ्दाल, भटमास जस्ता रैथाने अन्नहरूमा आधारित उत्पादनहरू विकास गरेको छ । 

ती उत्पादनहरूमा कुनै रसायनिक प्रसोधन वा संरक्षक प्रयोग नगरिएकाले मानव स्वास्थ्यका लागि लाभदायक हुने दाबी कम्पनीले गरेको छ । कोदाली भेन्चर्सले उत्पादन गरेको नयाँ खाद्य सामग्रीमा फापर फलेक्स एक हो । 

यो टुसा उमारेको फापरबाट बनेको सुपरफुड हो जसले सुगर लेभल नियन्त्रण गर्न मद्दत गर्छ । यस्तै टुसा उमारिएको मूङ्, तिल र जडिबुटीहरूबाट बनेको भिगन प्रो २५ प्रतिशत प्रोटिनयुक्त पीठो हो । 

यसलाई बारा, सूप वा आँटाको पीठोमा मिसाएर सुख्खा रोटी बनाउन सकिन्छ । यो स्वस्थ जीवनशैली चाहने परिवारका लागि प्रोटिनको उत्तम स्रोत हो ।

त्यस्तै टुसा उमारिएको कोदो, फापर, सूर्यमुखी, कोकारगुडबाट बनेको माइचोइस स्वस्थ पेय पदार्थ हो । यसले बच्चाहरूलाई रैथाने खाद्यवस्तु खानेबानी बसाउन मद्दत गर्छ । साथै उनीहरूको पौष्टिक आवश्यकताको पूर्ति पनि गर्छ । 

प्यानकेक (मिठ्ठोगिलेरोटी) या अंकुरित अन्नहरू जस्तै जौ, फापर, कागुनो, आलस र गुडबाट बनेको पीठो हो । यो रसायन रहित उत्पादन हो र ओमेगा–३ जस्ता पोषक तत्वले भरपूर छ । जुन स्वस्थ मुटु र मस्तिष्कका लागि आवश्यक छ ।

कोदाली भेन्चर्सले आफना उत्पादनहरूमा कुनै रसायन प्रयोग नगरी प्राकृतिक विधिबाट उत्पादन गर्छ । यसले नेपाली उपभोक्ताहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने लक्ष्य राखेको छ । 

आगामी दिनमा कोदाली भेन्चर्सले विश्व बजारमा नेपाली पहिचानसहित आफना उत्पादनहरू विस्तार गर्ने योजना बनाएको छ ।

View : 35

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved