बिराटनगर, २६ कार्तिक : कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा यमपञ्चकको दोश्रो दिन अर्थात कुकुर तिहारको अवसरमा तालिम प्राप्त कुकुरहरुको पुजा गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कोशी प्रदेश प्रहरी केन्नाईन शाखा धरान र विराटनगर विमानस्थलमा रहेका १० वटा तालिम प्राप्त कुकुरहरुलाई ब्याण्ड बाजासहित बिधिवतरुपमा पुजा गरेका हुन् ।
उनले नेपाल प्रहरीको अपराध अनुसन्धान, विमानस्थल, विशिष्ट व्यक्तिहरुको सुरक्षा लगायत बिभिन्न अपराध अनुसन्धानमा उल्लेखनीय कार्य गर्दै आईरहेका कुकुरहरुलाई पुजा गरी माला पहिराई मिठा खाने कुराहरु खुवाएका हुन् ।
पुजामा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाले समेत कुकुरहरुलाई माला र मिठा खानेकुरा दिई पुजा गरिन् ।
अपराध अनुसन्धानका लागि सबैभन्दा उपयुक्त जनावरको रुपमा लिइने कुकुरको पुजा नेपाल प्रहरीले बिशेष रुपमा गर्ने गरेको छ ।
कुकुर पुजामा प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी, प्रदेश प्रहरी गण बिराटनगरका प्रमुखहरु, प्रहरी अधिकृतहरु तथा प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
View : 434
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved