Biratnagar, Morang, Nepal
३ चैत २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

ज्येष्ठ नागरिक हातेमालो समाज योगमय बनाइने

उद्‌घोष संवाददाता
३ चैत २०८२, मङ्गलवार

विराटनगर । यहाँको वडा नं ३ मा रहेको ज्येष्ठ नागरिक हातेमालो समाजले योग ध्यान केन्द्र पुन सञ्चालनमा ल्याएको छ । 

विभिन्न प्राविधिक कारणले केही समयदेखि बन्द रहेको सो केन्द्रलाई समाजका अध्यक्ष जिवेन्द्र घिमिरेले अबका दिनमा नियमित बनाउने जनाएका छन् ।

शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका घिमिरेले समाजमा रहेका नागरिकहरूको स्वास्थ्य र मानसिक शान्तिका लागि यस केन्द्र्रलाई आगामी दिनमा पूर्ण रूपमा योग तथा ध्यानमय बनाउने प्रतिबद्धता व्यक्त गरे । 

उनले ‘ज्येष्ठ नागरिकहरूको सक्रियता र एकताले नै समाजलाई सही मार्गनिर्देशन गर्ने’ बताए ।

यस केन्द्रमा महिला महानगर प्रशिक्षण विभाग प्रमुख मीना तिमल्सिना र महानगर सल्लाहकार शेषकान्त अधिकारीले नियमित रूपमा योग कक्षाहरू सञ्चालन गर्दै आएका छन् । 

कार्यक्रममा पतञ्जली योग समिति मोरङका जिल्ला उपाध्यक्ष दामोदर पोखरेलले मानव जीवनमा योगको अपरिहार्यता र यसले शारीरिक एवं मानसिक स्वास्थ्यमा पु¥याउने लाभबारे चर्चा गरेका थिए ।  

त्यसैगरी पतञ्जली योग समिति मोरङका सदस्य फडिन्द्र तिमल्सिनाले केही समय स्थगित भएको योग ध्यानका कार्यक्रम पुनः सञ्चालन हुनुले समाजमा बसोबास गर्ने नागरिकका लागि राम्रो भएको बताए । 

त्यस्तै साधना केन्द्र सञ्चालन कार्यक्रम पतञ्जली योग समिति विराटनगर महानगर अध्यक्ष माधव अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

View : 15

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved