Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

मिल्स भेट्रान गोल्डकपको तयारी

उद्‌घोष संवाददाता
२५ माघ २०८२, आइतवार

विराटनगर । विराटनगरको मिल्स एरियामा ‘चौथो मिल्स भेट्रान गोल्डकप फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ । मिल्स भेट्रान क्लबको आयोजनामा आउँदो फागुन २ देखि ९ गतेसम्म प्रतियोगिता आयोजना हुने भएको हो । 

आयोजक समितिले शनिबार पत्रकार सम्मेलनको गरी सो विषयमा जानकारी गराएको छ । 

विराटनगर–१६ स्थित जुटमिलको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा आयोजक समितिका २ सहित झापा, मोरङ र सुनसरीका ८  गरी १० वटा टिमको सहभागिता रहने आयोजक क्लबका महासचिव जयकुमार देवकोटाले जानकारी दिए । 

आयोजक संस्थाका अध्यक्ष बुद्धिराज दराईले खेल मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको तथा मिल्स एरियाले फुटबल क्षेत्रमा महत्वपूर्ण योगदान दिएकाले खेलको निरन्तरता दिन प्रतियोगिता आयोजना गर्न लागिएको बताए । 

उनले प्रतियोगिताबाट हुने आम्दनीलाई सामाजिक हितका कार्यमा प्रयोग गरिने समेत बताए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ८१ हजार १ सय ११ र मेडल तथा ट्रफी प्रदान गरिने छ । यस्तै उपविजेता टिमलाई नगद ४१ हजार १ सय ११ सहित मेडल तथा ट्रफी प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

यस्तै खेल अवधि भरिका एकजना उत्कृष्ट खेलाडीलाई नगद ५ हजार १ सय र उत्कृष्ट हाईस्कोररलाई ३ हजार १ सय नगद पुरस्कार प्रदान गर्नुका साथै प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद १ हजार १ सय राशिको पुरस्कार प्रदान गरिने आयोजक मिल्स भेट्रान क्लबले जनाएको छ । 

प्रतियोगिता विराटनगर महानगरपालिकाको सहयोगमा सञ्चालन हुन लागेको हो । गत वर्ष सुनसरीको धरान भेट्रान्स क्लबले प्रतियोगिताको उपाधि चुमेको थियो भने आयोजक मिल्स भेट्रान उपबिजेता बनेको थियो ।

View : 52

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved