भोजपुर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भोजपुरका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बुधबार जिल्लाको रामप्रसादराई गाउँपालिका-६ कन्यदहमा बिन्द्र राई र पाण्डब राईको नेतृत्वमा दर्जनौं नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका एमाले सचिव शेरधन राईले पार्टी प्रवेश गराएका छन् ।
एमाले प्रवेश गरेका पाण्डव तत्कालिन माओवादी केन्द्रको रामप्रसादराई गाउँपालिका वडा नं ६ का उपाध्यक्ष र विन्द्र वडा कमिटी सदस्य थिए ।
नेकपाबाट देश तथा जिल्लाले निकास नपाउने भन्दै उनीहरु एमाले प्रवेश गरेको जनाइएको छ । एमाले उम्मेदवार राईको भोजपुर बदल्ने संकल्पलाई साथ दिन वहाँहरु एमाले प्रवेश गरेको नेकपा एमाले भोजपुरका अध्यक्ष मकर खड्काले बताए ।
View : 173
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved