Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

भजन प्रतियोगितामा पारिजातलाई उपाधि

उद्‌घोष संवाददाता
११ माघ २०८२, आइतवार

Advertisement

विराटनगर । सरस्वती पूजाको अवसर पारेर विराटनगर–१० स्थित मार्टस मेमोरियल स्कुलद्वारा आयोजित भजनकीर्तन प्रतियोगितामा पारिजात भजन समूह प्रथम भएको छ । 

१६ वटा प्रतिस्पर्धी भजन समूहलाई पछि पार्दै पारिजातले उपाधिसहित नगद २० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको हो ।

प्रतियोगितामा उदयतारा भजन मण्डली द्वितीय हुँदै नगद १५ हजार रुपैयाँ र प्रमाणपत्र हात पार्न सफल भयो । यस्तै, निर्मल टोल भजन समूह तृतीय हुँदै १० हजार रुपैयाँ र शान्तिभजन मण्डलीले सान्त्वना पुरस्कार स्वरूप नगद ५ हजार रुपैया“सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा सहभागी सबै भजन समूहलाई प्रोत्साहन स्वरूप नगद १ हजार ५ सय रुपैयाँ, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो ।

विद्यालयका प्राचार्य विजय डागीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विराटनगर–१० का वडाध्यक्ष अर्जुन गिरी, मार्टस मेमोरियल स्कुलका संस्थापक सीएम श्रेष्ठ, निर्णायक मीनकुमार नवोदित, विद्यालयका कोअर्डिनेटर नारायण स्वर्णकार, नीता अधिकारी, दिनेश ढकाल, समाजसेवी खेम तिम्सिना, वीरेन्द्र थापालगायतले विजेता समूहलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

View : 354

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved