Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

काठमाडौंको ‘बिरयानी अड्डा’ विराटनगरमा

उद्‌घोष संवाददाता
६ असार २०८२, शुक्रवार

विराटनगर । बिरयानी पारखीहरूलाई ध्यानमा राख्दै काठमाडौंको ‘बिरयानी अड्डा’ ले विराटनगरको महेन्द्र चोकमा बिहीबारदेखि शाखा बिस्तार गरेको छ । 

युवा उद्यमी तथा उद्योग संगठन मोरङका सदस्य प्रतीक राउतले एक कार्यक्रमका बीच ‘बिरयानी अड्डा’ को उद्घाटन गरेका छन् । 

उनले ‘बिरयानी अड्डा’ बाट विराटनगरवासी लगायत छिमेकी भारतीय बजारका बिरयानी पारखीहरूले नय“ा स्वाद चाख्न पाउने बताए । 

बिरयानी अड्डा निर्देशक सविन पाण्डेले छैटौं आउटलेटका रूपमा विराटनगरमा सेवा  सुरूवात गरेको बताए । 

काठमाडौंमा २०७६ सालदेखि सेवा सुरूवात गरेको बताउँदै पाण्डेले भने, ‘अहिले हामी छैटौं वर्षमा दौडिइरहदा छैटौं आउटलेटका रूपमा उपत्यका बाहिर पहिलो पटक विराटनगरमा खोलेका छौं । काठमाडौं, ललितपुर र भक्तपुरमा ५ वटा आउटलेट  छन् ।’ 

विराटनगरकी मोनिका निशाले ‘बिरयानी अड्डा’ को शाखा विराटनगरमा ल्याएकी हुन् । उदघाटनका अवसरमा ‘बिरयानी अड्डा’ मा विभिन्न ग्राहकहरूलाई विभिन्न अफर दिइएको बताइएको छ । 

‘बिरयानी अड्डा’ मा विभिन्न स्वादका बिरयानी पाइनुका साथै पिज्जा, तन्दुरीलगायत खानाका परिकारहरू उपलब्ध रहेका छन् भने लाइभ म्युजिकबाट संगीतको मज्जा लिन पाइने बताइएको छ ।

View : 569

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved