Biratnagar, Morang, Nepal
३ चैत २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
प्रविधि

ग्यास बचतको स्मार्ट उपाय बन्दै गोदरेज माइक्रोवेभ ओभन

उद्‌घोष संवाददाता
३ चैत २०८२, मङ्गलवार

विराटनगर । पछिल्लो समय अन्तर्राष्ट्रिय ऊर्जा बजारमा देखिएको उतारचढावका कारण एलपीजी ग्यासको मूल्य र आपूर्तिबारे विभिन्न चर्चा भइरहेका छन् । 

नेपालजस्तो आयातमा निर्भर देशका लागि ऊर्जा स्रोतको दक्ष प्रयोग झन् महत्वपूर्ण बन्दै गएको अवस्थामा धेरै घरपरिवारले ग्यासको प्रयोग कम गर्दै वैकल्पिक तथा स्मार्ट भान्सा उपकरणतर्फ ध्यान दिन थालेका छन् ।

यही परिवेशमा माइक्रोवेभ ओभन नेपाली शहरी भान्सामा ग्यास बचत गर्ने उपयोगी विकल्पका रूपमा लोकप्रिय हुँदै गएको छ । 

माइक्रोवेभ प्रविधिबाट खाना छिटो पकाउन सकिने भएकाले नास्ता, स्न्याक्स, बेकिङ तथा विभिन्न परिकार तयार गर्न ग्यासको प्रयोग घटाउन सहयोग पुग्ने प्रयोगकर्ताहरू बताउँछन् ।

ललितपुरमा बस्ने र एक निजी बैंकमा कार्यरत स्मिता अधिकारीका लागि माइक्रोवेभ ओभन अहिले दैनिक भान्साको महत्वपूर्ण हिस्सा बनेको छ । व्यस्त कामकाजी जीवनशैलीका कारण बिहान–बेलुका धेरै समय भान्सामा खर्च गर्न गाह्रो हुने उनी बताउँछिन् । 

‘अफिस जानुअघि छिटो नास्ता बनाउनुपर्छ, बेलुका घर फर्किएपछि पनि धेरै समय हुँदैन,’ उनले भनिन्, ‘माइक्रोवेभ ओभन भएपछि खाना, बेक्ड डिश, स्न्याक्स वा अन्य परिकार छिटो पकाउन सकिन्छ । यसले समय बचत गर्नुका साथै ग्यासको प्रयोग पनि धेरै घटाएको छ ।’

उनका अनुसार अहिले घरमा दैनिक पकाइने धेरै परिकार माइक्रोवेभमै तयार हुने भएकाले ग्यासको प्रयोग पहिलेको तुलनामा निकै कम भएको छ । माइक्रोवेभ ओभनमा दाल, भात जस्ता दैनिक नेपाली परिकार पकाउनदेखि लिएर तरकारी, स्न्याक्स, बेकिङ तथा विभिन्न नयाँ परिकार तयार गर्न समेत सजिलै सकिने भएकाले यो उपकरण आधुनिक भान्साको उपयोगी सहायक बन्न थालेको छ । 

नेपालमा गोदरेज माइक्रोवेभ ओभन विभिन्न मोडेल र क्षमतामा उपलब्ध छन् । 

सोलो, ग्रील, कन्भेक्सन जस्ता विकल्पमा उपलब्ध यी माइक्रोवेभहरू २० लिटर, २३ लिटर र २८ लिटर क्षमतामा पाइन्छन् ।

View : 53

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved