विराटनगर : विराटनगर महानगरपालिका–१२ पाञ्चालीस्थित खाली चौरमा एक महिलाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृतक महिला ३३ वर्षीया बन्दना मगर जनाइएको छ । शनिबार विहान पहिचान नखुलेको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले उनी विराटनगर बसपार्कमा बस्दै आएको अनुसन्धानका क्रममा खुलेको जानकारी दिए ।
घटनास्थलबाट प्रहरीले शवलाई पोष्टमार्टमका लागि कोसी अस्पताल पठाएको छ । साथै थप अनुसन्धान पनि अघि बढाएको जनाइएको छ ।
पोष्टमार्टमपछि उनको आफ्नै कारणले मृत्यु भएको हो वा कर्तव्य ज्यानसम्बन्धि बिषय हो भन्ने कुरा यकिन हुने जनाइएको छ ।
View : 170
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved