विराटनगर । वाइसिएल नेपाल कोशी प्रदेशको प्रथम सम्मेलनबाट विक्रमबाबु फियाकको नेतृत्वमा ६४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
सुनसरीको इटहरीमा बिहीबार सम्पन्न भएको वाइसिएलको सम्मेलनबाट उपाध्यक्ष दिलविक्रम लिम्बू, टाइसन केरुङ थेगिम, सचिवमा शुभलाल राई, सहसचिवमा दिपेन जबेगू, ईश्वर पोखरेल, उषा परियार, जनक लुहागुन, रोहित आङ्बो, टेकबहादुर रसाइली र कोषाध्यक्षमा युवराज राई चयन भएका छन् ।
सदस्यहरूमा कुलबहादुर राई, पूर्णीमाया तामाङ, रञ्जना तामाङ, डोलबहादुर सुनुवार, पुष्पबहादुर उप्रेती, सन्तोष पयाङ्गु, लालबहादुर पौडेल, रमेश राई, सुमन अधिकारी, विकल बराल, पुष्पलाल राई, अर्जुन तामाङ, अर्जुनकुमार मगर, पुजना राई, सिर्जना शंकर, सुरेशकुमार राई, भुपाल तामाङ लगायत चयन भएका छन् ।
View : 515
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved