Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले सुनसरी अधिवेशनमा ५२ जनाले गरेनन् मतदान

उद्घोष सम्वाददाता
८ जेठ २०८१, मङ्गलवार

सुनसरी, ८ जेठ । नेकपा एमाले सुनसरीको नेतृत्व चयनका  लागि  मंगलबार भएको निर्वाचनमा ५२ जनाले मतदान गरेनन् । जिल्लाका कुल ७ सय ३० प्रतिनिधिमध्ये ५२ जनाले मतदान नगरेका हुन् ।  निर्वाचन समितिका अनुसार ६ सय ७८ जनाले मात्र मतदान गरेका छन् ।

अध्यक्षसहितका पदहरूमा मंगलबार मतदान भएपनि मतगणना भने बुधबारदेखि गर्ने सहमति भएको निर्वाचन समितिले जनाएको छ । अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि अधिवेशन उद्घाटन भएको चार दिनपछि मंगलबार मतदान भएको हो । सुनसरी एमालेको नेतृत्वका लागि निलम खनाल र खेमराज पोखरेलले प्यानल बनाएर चुनाव लडेका छन् ।

खनाल पक्षको उपाध्यक्षमा परशुराम यादव, सचिवमा राम कोइराला, उपसचिवमा याम सुब्बा र इन्द्रकला राईले उम्मेदवारी दिएका छन् । पोखरेल पक्षको उपाध्यक्षमा नन्दकुमार बस्नेत, सचिवमा पदम लिम्बू र उपसचिवमा देवानन्द मेहता र कमला मगर उम्मेदवार छन् । अधिवेशनले १३५ जनाको जिल्ला कार्यसमिति चयन गर्नेछ ।

पदाधिकारीसहितका केही पदमा मतदान भएपनि लेखा आयोग र कतिपय क्षेत्रबाट सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् ।

आयोगको अध्यक्षमा सत्रुधन यादव र उपाध्यक्षमा टंक खनाल निर्विरोध निर्वाचित भएका छन् । यसैगरी लेखा आयोगको सदस्यहरूमा गीता गौतम, वीरेन्द्र गौतम, सन्तोष न्यौपाने र सुदेश चापागाई निर्विरोध भएका छन् ।  १३५ सदस्यीय जिल्ला कार्यसमितिमा विभिन्न भूगोल, युवा, महिला, मधेसी गरेर ४६ जना सदस्य निर्विरोध भएका हुन् ।

निर्विरोध  निर्वाचित हुने सदस्यहरुमा महिलातर्फ धरान क्षेत्रबाट कल्पना शेर्पा, भीमा शर्मा चौलागाईं, यशोदा कायस्थ र लीला राई छन् । यस्तै युवातर्फ धरानबाट अफाक अहमद र दिलकुमार लामिछाने निर्विरोध भएका छन् । रामधुनीबाट महिलातर्फ लक्ष्मी चौधरी र सोमकुमारी सुनुवार निर्विरोध भएका छन् ।

इनरुवाका युवा हरि निरौला र बराहक्षेत्रबाट महिलातर्फ दिव्यकुमारी खड्का, मीना कार्की र होमकुमारी श्रेष्ठ निर्विरोध भएका छन् । दुहबीबाट महालक्ष्मी साह र मैना राई निर्विरोध भएका छन् । दुहबीबाट युवामा धिरेन्द्रकुमार मिश्रा र बर्जुबाट ओमप्रकाश मेहता र विनोदकुमार चौधरी खुल्लातर्फ निर्विरोध हुँदा सोमकुमारी गुरुङ महिला कोटामा निर्विरोध भएका छन् ।

गढी गाउँपालिकाबाट आशनारायण चौधरी र लखनलाल साह खुल्ला तर्फबाट निर्विरोध हुँदा बिभाकुमारी कर्ण महिला कोटाबाट निर्विरोध भएकी छन् । कोशी गाउँपालिकाबाट खुल्लामा कमलेश्वरी यादव र श्यामसुन्दर सिंह निर्विरोध हुँदा महिलामा अनिताकुमारी उराँव निर्विरोध भएकी छन् ।

भोक्राहनरसिंहबाट खुल्लामा बाबुराम साह, महेन्द्रप्रसाद यादव र रामकुमार मेहता निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । महिला कोटामा भोक्राहनरसिंहबाट सवितादेवी मेहता निर्विरोध भएकी छन् । हरिनगर गाउँपालिकाबाट अक्रम अलि र अब्बास अन्सारी खुल्ला कोटाबाट निर्विरोध हुँदा महिलामा बबितादेवी यादव निर्विरोध भएकी छन् ।

यस्तै मधेसी कोटाको महिलामा चन्द्रकला मुखिया र मुजादेवी साह र मधेसी युवामा  पुनमकुमारी साह निर्विरोध भएका छन् । थारु महिलामा अन्जुकुमारी चौधरी र सरस्वतीकुमारी चौधरी र थारु युवामा नवयुग चौधरी निर्विरोध भएका छन् ।

आदिवासी जनजाति थारु बाहेकको कोटाबाट इन्द्रकुमार राई र दीपक श्रेष्ठ निर्विरोध भएका छन् । मजदुर महिलामा सञ्जु प्रधान निर्विरोध हुँदा युवा सदस्यमा जीवी गजल र राजन बानियाँ निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ ।

View : 200

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved