Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

एस्पायर कलेजद्वारा कोरियाको छञ्जे एजुकेशनसँग सम्झौता

उद्‌घोष संवाददाता
१६ मंसिर २०८२, मङ्गलवार

विराटनगर । विराटनगरस्थित एस्पायर कलेजले कोरियाको डिजिटल शिक्षा क्षेत्रमा शीर्ष स्थान ओगटिरहेको छञ्जे एजुकेशनसँग सम्झौता गरेको छ । 

छञ्जे एजुकेशनसँगको सहकार्यले एस्पायर कलेजले काठमाडौं विश्वविद्यालय अन्तरगत स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ एजुकेशनमार्फत ब्याचलर इन इन्फर्मेशन टेक्नोलोजी (बीआईटी) र ब्याचलर अफ टेक्निकल एजुकेशन इन इन्फर्मेशन टेक्नोलोजी (बिटेक इडी) कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरको अभ्यास प्रदान गर्ने जनाइएको छ ।

कोरियाको अग्रणी एडटेक कम्पनीका रुपमा रहेको छन्जे एजुकेशनसँगको सहकार्यले एस्पायर कलेजका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको सिकाइ अवगत प्राप्त हुने दाबी गरिएको छ । दुवै पक्षका प्रतिनिधिहरूले सो सहकार्यका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार छञ्जे एजुकेशनले एस्पायर कलेजका विद्यार्थीहरूका लागि ६ हप्ते अन्तर्राष्ट्रिय बुटक्याम्प र त्यसपछि यहि डिसेम्बर ८ मा दुई दिने ह्याकाथन आयोजना गर्नेछ । 

कार्यक्रममार्फत विद्यार्थीहरूले डिजिटल कन्टेन्ट डेभलपमेन्ट, युआई–युएक्स डिजाइन, कोडिङ वर्कफ्लो, इन्टरेक्टिभ लर्निङ सिस्टम र क्लाउड डिप्लोयमेन्ट जस्ता अत्याधुनिक सीपहरू प्रत्यक्ष रूपमा सिक्ने मौका पाउने दाबी गरिएको छ ।

ह्याकाथनमा उत्कृष्ट प्रदर्शन गर्ने तीन वटा टोलीहरूलाई नगद पुरस्कारसहित कोरियाली एडटेक परियोजनाहरूमा संलग्न हुने अवसर प्रदान गरिने जनाइएको छ । जसले विद्यार्थीहरूको करियरमा अन्तर्राष्ट्रिय पहुँच, अनुभव र प्रतिस्पर्धात्मक क्षमतामा उल्लेखनीय वृद्धि गर्नेछ ।

एस्पायर कलेजले कोरियाली कम्पनीसँग गरेको सम्झौतालाई शैक्षिक नवप्रवर्तन, अन्तर्राष्ट्रिय सहकार्य र सीप विकासको दिशामा ठूलो उपलब्धि भएको उल्लेख गरेको छ । 

साथै, नेपाली विद्यार्थीलाई ग्लोबल स्ट्यान्डर्डको एडटेक वातावरणसँग जोड्न पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको जनाइएको छ ।

View : 138

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved