बागलुङ, २९ साउन । गत साता बागलुङको बडिगाड गाउँपालिका–९ र १० मा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत उपलब्ध गराएको छ ।
प्रदेश र सङ्घीय सरकारले बनाएको कार्यविधिअनुसार ज्यान गुमाएका परिवारलाई दुई लाख उपलब्ध गराएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
ज्यान गुमाएका ११ जनाको परिवारलाई प्रशासनले घटनास्थलमा नै पुगेर उपलब्ध गराएको उनको भनाइ छ ।
बरालले सरकारले प्राकृतिक विपद्मा परी ज्यान गुमाएका परिवारलाई राहत रकम उपलब्ध गराउने नीति बनाएको र सोही प्रदान गरेको बताए ।
बडिगाड–१० आरुपाटाका जोगबहादुर बुढाको घरमाथिबाट खसेको पहिरोले नौजनाको ज्यान लिएको थियो ।
एक बालक अझै बेपत्ता छन् । पहिरोमा पुरिएर १० जना घाइते भएका थिए ।
गम्भीर घाइते १९ वर्षीया रीमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सोही दिन वडा नं ९ नयाँबस्तीमा पहिरोमा दुईजनाको ज्यान गएको थियो । रासस
View : 122
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved