Biratnagar, Morang, Nepal
१९ माघ २०८१, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

हिमालय दर्शन कलेजको बीएचएमका विद्यार्थीले गरे पुल पार्टी  (फोटो)

उद्‌घोष सम्वाददाता
१० साउन २०८१, बिहिवार

Advertisement

विराटनगर, १० साउन । होटल म्यानेजमेन्टमा विराटनगरको अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित हिमालय दर्शन कलेजका विद्यार्थीहरूले बिहीबारको साँझ विराटनगरमा भव्य पुल पार्टी आयोजना गरेका छन् ।

कलेजको सहयोगमा विराटनगरस्थित होटल एशियाटिकको स्विमिङ पुलमा विद्यार्थीहरूले ‘पुल पार्टी २.०’ नाम दिइएको पार्टी सम्पन्न गरेका हुन् ।

ब्याचलर इन होटल म्यानेजमेन्ट (बीएचएम) को पहिलो सेमेष्टरदेखि सातौं सेमेष्टरसम्मका विद्यार्थीहरूले पुल पार्टीलाई आकर्षक रुपमा आयोजना गरेका हुन् ।

कलेजका सहचालकहरू सहित अतिथिहरूको उपस्थिति रहेको उक्त पार्टीमा उनले हस्पिटालिटी उद्योगका अनेकौँ क्षेत्रबारे प्रयोगात्मक अभ्यास गरेका थिए ।

विद्यार्थीहरू आफैँले अर्डर म्यानेजमेन्ट, पुल पार्टीको टिकेटिङ, इन्ट्री र बार्बिक्यु लगायत सर्भिसमा विभिन्न क्षेत्रबारे अभ्यासमूलक सिकाइ र मनोरञ्जनात्मक प्रस्तुतिहरू दिएका थिए ।

अपरान्ह ४ बजेदेखि सुरु भएको पुल पार्टी बेलुका ८ बजेसम्म चलेको थियो । विद्यार्थीहरूले स्विमिङ पुलको किनारबाट गीत संगीतयुक्त माहौललाई रमाइलो गरेर अनुभुति गरे । आफैँले गीत संगीत र नृत्य प्रस्तुत गरेका थिए ।

View : 426

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved