विराटनगर । विराटनगर–२ दुर्गा चोकस्थित यूरोकिड्स नेपाल स्कुलको एक दीवसीय अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यालयकी सञ्चालक राज्यलक्ष्मी गोल्छाले अभिभावक तथा नानीबाबुहरूलाई स्वागत गर्दै विद्यालयको शैक्षिक दृष्टिकोण, सिकाइ पद्धति र भावी योजनाबारे जानकारी गराएकी थिइन् ।
उनले बालबालिकाको समग्र विकासका लागि अभिभावक र विद्यालयबीचको सहकार्य अत्यन्त आवश्यक रहेको बताइन् ।
कार्यक्रममा ५० भन्दा बढी अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको विद्यालयले जनाएको छ ।
विद्यालयका अनुसार, सहभागी अभिभावकहरूले विद्यालयको क्याम्ब्रिज स्तरको पाठ्यक्रम, आधुनिक शिक्षण विधि तथा बालमैत्री वातावरणप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए ।
अभिमुखीकरण कार्यक्रममा विद्यालयको पाठ्यक्रम, शिक्षण शैली, सह–पाठ्यक्रम गतिविधि तथा बालबालिकाको समग्र विकासमा केन्द्रित योजनाहरू प्रस्तुत विद्यालयले जनाएको छ ।
View : 57
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved