Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

एनपिएल

विराटनगर किंग्सबाट खेल्न नेपाल आइपुगे फाव डु प्लेसिस

उद्‌घोष संवाददाता
१५ मंसिर २०८२, सोमवार

विराटनगर । विराटनगर किंग्सबाट जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन खेल्न अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित अनुहार फाफ डु प्लेसिस नेपाल आइपुगेका छन् । 

दक्षिणी अफ्रिकी स्टार क्रिकेटर डु प्लेसिसलाई सोमबार विराटनगर किंग्सका प्रतिनिधिहरूले त्रिभुवन विमानस्थलमा नेपाली टोपी लगाइदिएर स्वागत गरेका छन् ।

विराटनगर किंग्स एनपीएलको दाबेदार टोली हो । डु प्लेसिस यसअघि नै विराटनगर किंग्समा अनुबन्धित भइसकेका छन् । 

उनले बुधबारदेखि समूह चरणका दुई खेलसहित उपाधि दाबी गर्दै बाँकी खेल खेल्नेछन् । 

फाफ डु प्लेसिसको आगमनले विराटनगर किंग्सलाई अझ बलियो बनाउने विश्वास गरिएको छ । 

सन्दीप लामिछानेको कप्तानी रहेको विराटनगरमा डु प्लेसिस बाहेक मार्टिन गप्टिल, जर्ज मुन्से, शुभम रन्जने, मर्चेन्ट डी लेङ्गे, साम हेजलेट, सेहान जयसूर्याले विदेशी खेलाडीका रुपमा खेल्दै आएका छन् । गप्टिल र जयसूर्या भने घाइते भएर बेञ्चमा छन् । 

विराटनगर किंग्सले समूह चरणमा खेलेका पाँच खेलमध्ये चारवटा जितिसकेको छ । 

विराटनगरले बुधबार लुम्बिनी लायन्स र शनिबार सुदूरपश्चिम रोयल्सस“ग समूह चरणको अन्तिम खेल खेल्नेछ ।

View : 124

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved