विराटनगर । ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो विशेष उपभोक्ता अभियान ‘डाइन विथ द डिभाज–एन इभिनिङ विथ मिस नेपाल’ आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।
यस अभियानले मिस नेपाल अडिसन आयोजना हुने प्रमुख सहरका जोडीहरूलाई वर्तमान मिस नेपाल डिभाहरूसँग विशेष डिनरको अविस्मरणीय अनुभव बटुल्ने अनुपम अवसर प्रदान गर्ने कम्पनीको दावी छ ।
अभियानमा सहभागी हुन ग्राहकले अभियान अवधिभर एकै पटकको खरिदमा न्यूनतम १,००० वर्ग फिट कजारिया टायल्स खरिद गर्नुपर्नेछ ।
मिस नेपालको क्षेत्रीय अडिसन टुरसँग जोड्दै ल्याइएको यो योजना अडिसन हुने सात सहरहरूः नेपालगन्ज, बिर्तामोड, इटहरी, पोखरा, बुटवल, जनकपुर र काठमाडौंमा खरिद गर्ने जोडीहरूका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।
अभियानको शुभारम्भका अवसरमा कजारिया रमेश टायल्स लिमिटेडका प्रवक्ताले भने ‘मिस नेपालसँगको हाम्रो साझेदारीले भव्यता र आधुनिक उत्कृष्टतालाई उजागर गर्दछ ।
‘डाइन विथ द डिभास’ मार्फत हामी यो उत्सवलाई हाम्रा ग्राहकहरूसम्म सीधै पुराउन चाहन्छौं ।
आफ्नो घर तथा कोठाहरू सजाउनका लागि कजारिया रोज्नुहुने हाम्रा ग्राहकहरूप्रति कृतज्ञता स्वरूप हामी उहाँहरूलाई एक अविस्मरणीय जीवनशैलीको अनुभव प्रदान गर्न चाहन्छौं ।’
यो अभियान १० देखि जेठ २५ गतेसम्म सात सहरमा रहेका कजारियाका शोरुमहरूमा सञ्चालन हुनेछ । यो अफर अभियान अवधिभित्र गरिएको एकल खरिद बिलमा मात्र मान्य हुनेछ र यसमा सामान्य नियम तथा सर्तहरू लागू हुने कम्पनीले जनाएको छ ।
थप जानकारीका लागि ग्राहकहरूले आफ्नो नजिकैको आधिकारिक कजारिया शोरुममा सम्पर्क गर्न वा कजारिया रमेश टायल्स लिमिटेडको आधिकारिक सामाजिक सञ्जालहरू अवलोकन गर्न सक्ने कम्पनीले स्पष्ट पारेको छ ।
कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधिसहितको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालमा टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ ।
यसको नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय मान्यताहरूबाट थप सुदृढ बनेको छ, जसमा सुपरब्राण्ड २०२५ को उपाधि, एशियाज मोस्ट प्रोमिसिङ ब्राण्डको मान्यता तथा विश्वका शीर्ष ८ टायल उत्पादक कम्पनीमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन् ।
हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ । कजरियाका टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।
View : 73
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved