सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–२ मा एक ब्यक्तिको गोली हानी हत्या भएको छ ।
रामधुनी नगरपालिका–२ स्थित कर्मन्या टोलको भित्री सडकमा शनिबार साँझ सोही ठाउँका अन्दाजी ४७ बर्षका दिनेश चौधरीको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।
मृतक चौधरी सफारी चालक रहेको र उनलाई मोटरसाइकलमा सवार युवाहरुको समुहले गोली प्रहार गरेर भागेको स्थानीयले बताएका छन् ।
गोली लागेर घाइते उनको घटनास्थलमै मृत्यु भएको हो । गोली प्रहार गरी फरार भएका समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
View : 347
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved