विराटनगर । नेपाल युवा परिषद् कोशीले प्रदेश सम्मेलनका अवसरमा पत्रकारिता, साहित्य, शिक्षा, स्वास्थ्य, समाजसेवा, युवा, सूचना प्रविधि, उद्यमीलगायतका क्षेत्रमा योगदान पुर्याउने विभिन्न ९ जनालाइ सम्मान गरेको छ ।
सम्मानित हुनेमा पत्रकार एवं कवि मीनकुमार नवोदित, स्वास्थ्य क्षेत्रबाट विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्की, शिक्षा क्षेत्रबाट योगेन्द्रकुमार मण्डल, खेलकुदबाट नेपाली क्रिकेट टिमकी पूर्वकप्तान रुविना क्षेत्री छन् ।
यस्तै युवा उद्यमी मोहन गजुरेल र महिला तथा बालबालिका र समाजसेवाका क्षेत्रमा सीता शर्मालाई सम्मान गरिएको थियो । त्यस्तै सूचना प्रविधितर्फ सविन फुयल (सुनसरी), सामाजिक सेवातर्फ रञ्जु शर्मा (झापा), युवातर्फ अरुण खड्का (सुनसरी)लाई सम्मान गरिएको थियो ।
उनीहरु सबैलाई कोशी प्रदेशका सभामुख अम्मर बहादुर विष्टसहित नेपाल युवा परिषद्का केन्द्रीय अध्यक्ष सरोज बानिया, कोशी प्रदेश संयोजक अभय मगरलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
View : 172
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved